Kathmandu Press

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, एमाले नजाने 

काठमाडौं, फागुन ८ : प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ। सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजेका लागि बैठक बोलाएका हुन्। संसदमा जारी...
कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, एमाले नजाने 

काठमाडौं, फागुन ८ : प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ। सभामुख अग्निप्रसाद सापकोटाले बिहान साढे ११ बजेका लागि बैठक बोलाएका हुन्। 

संसदमा जारी एमाले अवरोध खुलाउन र प्रतिनिधि सभालाई सामान्य तवरबाट सञ्चालन गर्ने विषयमा छलफल गर्नका लागि सभामुखले समितिको बैठक बोलाएका हुन्। 

बैठकमा नेकपा एमाले भने अनुपस्थित हुने भएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिकाे बैठकमा नजाने निर्णय भएको काठमाडौंं प्रेसलाई जानकारी दिएका छन् ।

‘सभामुखले हामीमाथि विभेद गर्नुभएको छ, उहाँ नसच्चिएसम्म उहाँले बोलाएको कुनैपनि बैठकमा एमाले सहभागि हुँदैन,’ भट्टराईले काठमाडौं प्रेससँग भने। 

कार्यव्यवस्था परामर्श समितिको बेठकबाट एमसिसीलाई संसदको कार्यसूचीमा राख्ने विषयमा छलफल हुनेछ। प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसीलाई संसदमा टेबुल गर्ने पक्षमा देखिएपनि सभामुखले अहिलेसम्म एमसिसीलाई कार्यसूचीमा राखेका छैनन् । 

कार्यव्यवस्था परामर्श समितिको बैठक सकिएलगत्तै दिउँसो १ बजे प्रतिनिधि सभाको बेठक बस्नेछ। 

प्रकाशित मिति: ११:०६ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्