Kathmandu Press

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु

आजको बैठकले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) संसदमा टेबुल गर्ने विषयमा सहमतिको प्रयास गर्नेछ।
बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु
फाइल तस्बिर

काठमाडौं, फागुन ८ : पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्। 

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी), जनता समाजवादी पार्टीका शीर्षस्थ नेताहरु उपस्थित छन्। आजको बैठकले अमेरिकी विकास परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) संसदमा टेबुल गर्ने विषयमा सहमतिको प्रयास गर्नेछ।

एमसिसी संसदमा टेबुल गर्ने विषयमा नेकपा एकिकृत समाजवादी सकारात्मक भइसकेको छ। यद्यपि संसदमा जारी एमाले अवरोध स्थगित गर्नुपर्ने एकिकृत समाजवादीको सर्त रहेको छ। 

माओवादी केन्द्रले पनि संसदमा जारी अवरोध खुलाउने र दलहरुबीच सहमति गरेर मात्रै एमसिसी टेबुल गर्नुपर्ने धारणा राखेको छ। 

संसदमा जारी अवरोध हटाउनका लागि बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए। छलफल सकारात्म भएपछि एमसिसी टेबुल गर्ने तयारीमा सरकार लागेको हो। 

प्रतिनिधि सभा बैठक दिउँसाे १ बजे बस्दैछ। 

प्रकाशित मिति: १०:२९ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्