न्याय सेवा आयोगको बैठक बस्दै
काठमाडौं, फागुन ८ : न्याय सेवा अयोगको बैठक आज बस्दै छ। प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक...
काठमाडौं, फागुन ८ : न्याय सेवा अयोगको बैठक आज बस्दै छ।
प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले आयोगको बैठक डाकेका हुन्।
आजको बैठकको प्रस्तावमा लोक सेवा आयोगले लिएको परीक्षाबाट उत्तीर्ण भएका जिल्ला न्यायाधीशहरुको नाम सिफारिस, कर्मचारीहरुको सरुवा, बढुवा लगायतका विषय रहेका छन्।
न्याय सेवा आयोगमा प्रधानन्यायाधीश सहित कानूनमन्त्री, सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश, महान्यायाधिवक्ता र लोक सेवा आयोगका अध्यक्ष पदेन सदस्य हुन्छन् ।
प्रकाशित मिति: १०:०५ बजे, आइतबार, फागुन ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











