Kathmandu Press

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, फागुन ८ : आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै छ।  सभामुख अग्निप्रसाद सापकोटाले आज दिउसो १ बजे बस्ने संघीय संसद् भवन नयाँ बानेश्वरमा...
आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, फागुन ८ : आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै छ।  

सभामुख अग्निप्रसाद सापकोटाले आज दिउसो १ बजे बस्ने संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाएका छन्। शुक्रबार नेकपा (एमाले)को अवरोधबीच थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै स्थगित भएको थियो।

आजको प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई पेश गर्ने विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। प्रतिनिधिसभाको बैठकअघि बिहान १० बजे गठबन्धनको बैठक बस्न लागेको हो।

पाँच दलीय गठबन्धनबीच सहमति नहुँदा एमसीसी सम्झौता संसद्मा पेश हुन सकेको छैन।।

आज संसद् बैठकअघि सभामुख सापकोटाले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने लागेको हो। बैठकले आजको प्रतिनिधिसभाको कार्यसूची तय गर्नेछ।

 

प्रकाशित मिति: ०७:०३ बजे, आइतबार, फागुन ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्