Kathmandu Press

आगोले जलेर जुम्लामा एकको मृत्यु

सिमकाेटठ, फागुन ७ : जुम्लामा आगोले जलेर एक जनाको मृत्यु भएको छ। ताप्न बालेको आगो शरीरमा सल्केर यहाँको तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय...
आगोले जलेर जुम्लामा एकको मृत्यु
Hardik ivf

सिमकाेटठ, फागुन ७ : जुम्लामा आगोले जलेर एक जनाको मृत्यु भएको छ। ताप्न बालेको आगो शरीरमा सल्केर यहाँको तातोपानी गाउँपालिका–४ गिरीखोलाका २६ वर्षीय गोविन्द रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए।

चिसोका कारण न्यानो बनाउनका लागि बालेको आगो ताप्दै गर्दा शरीरमा आगो सल्किन गई घाइते भएका रोकायाको उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक चन्देले बताए। बिहीबार दिउँसो ५ बजेतिरको समयमा रोकाया गाउँ नजिकको रानीजङ्गलमा बाख्रा चराउन गएका थिए। चिसोका कारण आगो बालेर ताप्ने क्रममा शरीरमा आगो लागेपछि रोकाय चिच्चाएपछि अन्य व्यक्तिले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। प्रहरीलाई खबर पुगेपछि रोकायलाई उद्धार गरी उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याइएको थियो। उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:४८ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्