Kathmandu Press

अमेरिकाका लागि अफगानिस्तानका राजदूतद्वारा राजीनामा

काबुल, फागुन ७ : अमेरिकाका लागि अफगानिस्तानकी राजदूत अडेला राजले पद त्याग गरेका छन।अमेरिकास्थित अफगानिस्तानी दूतावासलाई लक्षित गरी केही प्रतिबन्धात्मक व्यवस्थाहरू गरेकाले दूतावासमा...
अमेरिकाका लागि अफगानिस्तानका राजदूतद्वारा राजीनामा

काबुल, फागुन ७ : अमेरिकाका लागि अफगानिस्तानकी राजदूत अडेला राजले पद त्याग गरेका छन।

अमेरिकास्थित अफगानिस्तानी दूतावासलाई लक्षित गरी केही प्रतिबन्धात्मक व्यवस्थाहरू गरेकाले दूतावासमा रहेर काम गर्ने अवस्था नरहेको उनको भनाई छ।

पछिल्लो छ महिनामा अमेरिकामा खटाइएका अफगानिस्तानका राजदूतहरूले राजीनामा दिएका मध्ये उनी तेस्रो राजदूत हुन।

वासिङ्टनमा रहेको अफगानिस्तानको दूतावासलाई अमेरिकामा कुनैपनि राजनीतिक तथा कूटनीतिक गतिविधि गर्न नपाउने व्यवस्था अमेरिकाले गरेपछि उनले जिम्मेबारी त्याग्नु भएको हो।  

अमेरिकाको विदेश मन्त्रालयले अफगानिस्तानको दूतावासलाई पत्र पठाउदै दूतावासका गतिविधिहरूको विवरण माग गरेको अफगानिस्तानका कार्य बहाक राजदूत अब्दुल हादी निर्जाबीले जानकारी दिए।
 
'अफगानिस्तानको दूतावासलाई अमेरिकी विदेश मन्त्रालयले पठाएको पत्रमा राजदूतलाई घरबाट मात्रै काम गर्न र बाहिर निस्केर राजनीतिक तथा कूटनीतिक गतिविधि नगर्न भनिएको छ,' उनले भने।

पत्रमा दूतावासका अन्य कर्मचारीहरूलाई पनि बाहिर निस्किएर कुनै गतिविधि गर्न निषेध गरिएको दूतावासका अधिकारीहरूले जनाएका छन्।

अमेरिकी सरकारको व्यवहारले दूतावासको जिम्मेबारी लिएर केही गर्न नसकिने भएकाले आफू त्यहाँ बसिरहनुको कुनै औचित्य नभएको राजदूत राजको भनाई छ।

प्रकाशित मिति: १९:१७ बजे, शनिबार, फागुन ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्