हिमालयन आर्ट फेस्टिवलमा कला उस्ताद उत्तम नेपाली
काठमाडौं, असोज ३ : हिमालयन आर्ट फेस्टिवल असोज १२ गतेदेखि सुरु हुने भएको छ। काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हुने फेस्टिवलमा यो पटक कल....
काठमाडौं, असोज ३ : हिमालयन आर्ट फेस्टिवल असोज १२ गतेदेखि सुरु हुने भएको छ। काठमाडौंको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हुने फेस्टिवलमा यो पटक कला उस्ताद उत्तम नेपाली लगायत कलाकारले आआफ्नो कला देखाउने छन्।
इ–आर्टस् नेपालको आयोजनामा हुने फेस्टिवल असोज १६ गतेसम्म चल्नेछ। उत्तम नेपाली आफ्नो कलाका क्षेत्रमार्फत् आफ्नो आवाजलाई अनुवाद गर्न सक्षम कलाकार हुन्। उनको रंगमा उत्सादी र चित्रात्मक संयोजनमार्फत भावना र अनुभूतिजन्य संयोजनमा जोड दिएको पाइन्छ।
उत्तम नेपालीका पेन्टिङहरूले केही परम्परागत नेपाली कलाका केही दृष्टिकोणसहित आधुनिक कला प्रविधिहरूको संश्लेषण गर्दछ। उनका केही सिर्जनाहरूले अभिव्यक्ति, अमूर्ततता र यथार्थवादी दृष्टिकोणको संयोजनका माध्यमबाट कवि र कविता तथा दृश्यकलाबीचको भावनात्मक निकटता अनुभूति झल्काउँछन्।
चित्रकारका मौखिम पाठ क्यानभासमा देवनागरी लिीपीमा अंकित गरिएको छ। साझा र पग्लिँदो रंगहरूका प्रस्तुतिका माध्यमबाट असीमित भावनाहरूलाई अझ बढी प्रवल तुल्याइएको छ। कवि र चित्रकारहरूको आपसी समिश्रणले के सुझाउँछन् भने उनीहरू समान भावना, अनुभव र दृष्टिका साथ काम गर्छन्। कम वा बेसी रूपमा उनीहरू समान तरिकाले वास्तविकलाई सम्झिने÷बुझ्ने बोध गर्ने गर्छन् र आफ्ना रचनामा समान दृष्टि चित्रण गर्दछन्।
विभिन्न तत्वमा रहेका दोहोरो तत्वहरूलाई अस्वीकार गर्दै, कलाकारकाहरूले विषम छविहरू, कवि र चित्रकारहरूजस्तै अवधारणा र विधिहरू, दृष्टि र शब्द, अमूर्त तथा मुहार चित्र तथा पश्चिमी रुप र मूल सामग्री आदिलाई समेट्छन्। कलाकारहरूले ‘अन्तर कला संवादमा नयाँ तरिका खोल्ने’ प्रयास गर्ने आयोजकले अपेक्षा छ।
नेपालको समकालीन नेपाली कलालाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यसहित यो सन् २०१० मा स्थापना भएको हो। स्थानीय कलाकारहरू र उनीहरूका कलामार्फत सहकार्य गर्दै ई–आर्टस् नेपालले नेपाली संस्कृति र समाजबारे जनचेतना अभिवृद्धि गर्ने प्रयास गर्दै आएको छ।
ई–आर्टस् नेपालद्वारा सन् २०१७ मा सुरु गरिएको हिमालन आर्ट फेस्टिवल, नेपाली चित्रकलाका उत्कृष्ट संकलन र प्रदर्शनी हो। फेस्टिवलले नेपाली समकालीन नेपाली कलाप्रति व्यापक, समावेशी र समग्रात्मक दृष्टिकोण प्रदर्शन गर्छन, पेन्टिङ, पौभा, मूर्तिकला, स्थापनाकला (इन्टलेसन), फोटो, प्रिन्ट मेकिङ, सेरामिकसहितका विभिन्न शैलीका कलाका सयभन्दा बढी कलाकारका कार्यहरू प्रदर्शनका साथै प्रत्यक्ष प्रदर्शन पनि गराइरहेको छ।












