Kathmandu Press

‘निरंकुशताविरुद्धको संघर्षबाट प्रजातन्त्र प्राप्ति’

सुर्खेत, फागुन ७ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालमा प्रजातन्त्र स्थापना निरंकुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको बताएका छन्।‘प्रजातन्त्र दिवस, २०७८’ का अवसरमा स्वदेश...
‘निरंकुशताविरुद्धको संघर्षबाट प्रजातन्त्र प्राप्ति’

सुर्खेत, फागुन ७ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपालमा प्रजातन्त्र स्थापना निरंकुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त भएको बताएका छन्।

‘प्रजातन्त्र दिवस, २०७८’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाइ, दिदीबहिनीमा शुभकाना व्यक्त गर्दै उनले नेपाली जनताको संघर्ष र सहिदहरूको बलिदानले मानवअधिकार र राजनीतिक स्वतन्त्रता हासिल भएको बताएका छन्।

उनले एक शुभकामना सन्देश जारी गर्दै भनेका छन्, 'प्रजातन्त्र स्थापना मुलुक र नेपाली जनताका लागि अविस्मरणीय र उपलब्धिमूलक दिन हो, जसले नेपालको विकास र समृद्धिमा ठूलो योगदान पुर्‍याएको छ, यो ऐतिहासिक दिनले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसाथ गर्दै अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु।'

जनताको चाहना मुलुकको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण भएको जनाउँदै मुख्यमन्त्री शाहीले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिइएको कुरा व्यक्त गरे।

प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा सबै नेपालीलाई दिन सकोस् भन्ने कामना मुख्यमन्त्री शाहीले गरेका छन््र।

प्रकाशित मिति: १७:५४ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्