एमसिसीलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ : उपसभापति गुरुङ
चितवन, फागुन ७ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसिसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गर्नुभएको छ।आज यहाँ पत्रकारसँग कुराकानी गर्दै...
चितवन, फागुन ७ : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले एमसिसीलाई हेर्ने राजनीतिक दृष्टिकोण बदल्न विभिन्न दलसँग आग्रह गर्नुभएको छ।
आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले दलहरुले एमसिसीलाई विभिन्न कोणले हेर्दा विद्यमान समस्या आएको बताएका हुन्।
'एमसिसीलाई दलले विदेशी आँखाबाट नहेरी नेपाली आँखाले हेर्नुपर्छ। देशको आन्तरिक मामला भएकाले के ठीक के बेठिक नेपाली दल र जनताले छुट्याउनुपर्नेमा अहिले विदेशी शक्ति खेल्न थालेको छ,' उपसभापति गुरुङले भने, 'हाम्रै कारणले वैदेशिक शक्ति एमसिसीका बारेमा बोल्न थालेका हुन् की भन्ने मलाई लाग्छ।'
नेताहरुले दिनहुँ बोली फेरिराख्ने गर्दा विदेशी निकाय सलबलाउन थालेको उनको आरोप थियो। उपसभापति गुरुङले भने, 'न्यायालयका प्रमुख प्रधानन्यायधीशले न्यायालय चलाउन नसकेपछि मार्गप्रशस्त गर्नुपर्थ्याे तर समस्यालाई हेरेर बस्नु हुँदैनथ्यो।'
एक फरक प्रसंगमा उहाँले संसद् सञ्चालनका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। संसद् प्रतिपक्षको भए पनि विरोधका कारण बन्धक बनाउन नहुनेमा जोड दिँदै उपसभापति गुरुङले संसद्मा सरकारका काम कारवाहीका विषयमा बहस हुनुपर्ने र कानून बनाइनुपर्नेमा बन्दक बनाउनु गलत भएको बताए।











