नेपालको हितमा रहेको एमसिसी सबै मिलेर संसदबाट पारित गर्नुपर्छ : डा. महत
काठमाडाैं, फागुन ७ : नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले एसिसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर त्यसलाई संसदबाट पारित गर्नुपर्ने...
काठमाडाैं, फागुन ७ : नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले एसिसी नेपालको हितमा रहेको भन्दै सबै मिलेर त्यसलाई संसदबाट पारित गर्नुपर्ने बताएका छन्।
रिपोटर्स क्लब नेपालले शनिबार काठमाडौंमा गरेको साक्षात्कारमा उहाले एमसीसीबारे नेपालमा भएका सबै आलोचनामा कुनै सत्यता नरहेको पनि जिकिर गरे।
नेता महतले फागनु १६ गतेभित्रै एमसीसी पारित गराउनुपर्नेमा जोड दिए। एमसीसी संसद्बाट पारित भए नेपालमा अमेरिकी सेना आउँछ भन्ने कुरा पनि वाहियात र गलत भएको उनको भनाइ थियो।
डा. महतले एमसीसी सम्झौता गर्दासम्म सबै दल सहभागी भएको उल्लेख गर्दै अब पारित गर्न पनि सबै दलले भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले कम आए भएका मुलुकहरुलाई सहयोग गर्न अमेरिकाले यो एमसीसी स्थापना गरेको स्पष्ट पारे।
एमसीसी दुईदेशबीच भएकाले सम्झौता सोहीअनुसार यो सम्झौता कार्यान्वयन हुने पनि उनले बताए। महतले अहिलेसम्म ३८ मुलुकसँग अमेरिकाले कम्प्याक्ट सम्झौता गरेको सुनाए।











