Kathmandu Press

देशभरि थपिए ३५० कोरोना संक्रमित, ४ को मृत्यु

देशभरि थपिए ३५० कोरोना संक्रमित, ४ को मृत्यु

काठमाडौं, फागुन ७ : नेपालमा थप ३ सय ५० जनामा कोरोना पुष्टि भएको छ।

देशभर गरिएको ३ हजार ५ सय ३८ पिसिआर परीक्षणका क्रममा १ सय ९८ जना र ३ हजार ५ सय ५८ एन्टिजेन परिक्षणका क्रममा १ सय ५२ जनामा कोरोना पुष्टि भएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय १७ जनाको मृत्यु भएको छ।

त्यस्तै थप १ हजार २ सय ७२ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५० हजार ५६ जना निको भएका छन्। हाल नेपालमा १३ हजार ३ सय ५७ सक्रिय संक्रमित आइसोलेसन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:०६ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्