Kathmandu Press

मुलुकको समृद्धि र जनताको सुख प्राप्त गर्ने राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्छ : ओली

मुलुकको समृद्धि र जनताको सुख प्राप्त गर्ने राष्ट्रिय आकांक्षा पूरा गर्नुपर्छ : ओली

काठमाडाैं, फागुन ७ : एमाले अध्यक्ष केपी ओलीले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा एकजुट हुनुपर्ने बताएका छन्।

७२औं प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने पार्टीको अभियानलाई सबैको साथ र सहयोगबाट अगाडि बढाउनुपर्ने बताएका हुन्। 

अध्यक्ष ओलीले आफू सरकारमा रहँदा प्रजातान्त्रिक आन्दोलनमार्फत देशको गरिमा र जनताको चाहनालाई सफलताको दिशामा अभिमुख गराउन आर्थिक र समाजिक न्यायसहित परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्दै मुलुकलाई अघि बढाएको उल्लेख गरेका छन्। 

‘एमालेले सरकारको नेतृत्व गरिरहँदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकांक्षा पूरा गर्ने आफ्ना हरेक क्षण, सम्भावना र सामथ्र्य सदुपयोग गरेका थियौं,’ उनले सन्देशमा भनेका छन्।

जन्मसिद्ध श्रेष्ठताको शासनप्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित भएको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा आफ्रनो अमूल्य जीवनलाई बलिदान दिने अमर शहिदप्रति अध्यक्ष ओलीले श्रद्धाञ्जली व्यक्त गरे। 

प्रकाशित मिति: १५:१६ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्