Kathmandu Press

एमालेलाई सरकारबाट हटाएर एमसिसी पारित गर्न खाेज्दा सरकार अप्ठेराेमा : ओली

काठमाडाैं, फागुन ७ :  एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले पाँच वर्षअघि अहिले सरकारमा हुनेहरुले नै एमसिसी सम्झौता गरेकाे बताएका छन्।प्रजातन्त्र दिवसको अवसर पारेर...
एमालेलाई सरकारबाट हटाएर एमसिसी पारित गर्न खाेज्दा सरकार अप्ठेराेमा : ओली

काठमाडाैं, फागुन ७ :  एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले पाँच वर्षअघि अहिले सरकारमा हुनेहरुले नै एमसिसी सम्झौता गरेकाे बताएका छन्।

प्रजातन्त्र दिवसको अवसर पारेर आज (शनिबार) देखि सूर्यविनायक नगरपालिकाले जगातीमा सञ्चालनमा ल्याएको सूर्यविनायक नगर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई सरकारबाट हटाएर एमसिसी पारित गर्ने षड्यन्त्र  रचेर त्यसलाई पर सार्दैसार्दै  ल्याइएको र अहिले गाह्राे भएकाे बताए।

एमसिसीकै कारण अहिले अन्तर्राष्ट्रिय सम्बन्ध तहसनहस भइरहेको दाबी उनले गरे। तर अहिलेसम्म एमसिसी पारित हुन नसकेको र त्यसकै कारण ठूलाठूला राष्ट्रले मसाल लडाउने ठाउँ नेपाल बन्न थालेको उनकाे भनाइ थियाे। यसप्रति अहिलेको सरकार सजग नरहेको उनले बताए। 

एमसिसीले गर्दा अन्तर्राष्ट्रिय सम्बन्ध र साझेदारीको स्थिति खतरामा पर्दै गएर मुलुक अप्ठ्यारो स्थितिमा पुगेको उनले बताए।    

प्रकाशित मिति: १४:५७ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्