राप्रपा नेपालकाे घाेषणा गर्दै कमल थापाले भने- मैले विगतमा बाटो बिराएँ, माफी चाहन्छु
काठमाडौं, फागुन ७ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले बाटो बिराएको भन्दै माफी मागेका छन्। उनले आफूले ठीक ढंगले सञ्चालन गर्न नसक्दा पार्टीले...
काठमाडौं, फागुन ७ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले बाटो बिराएको भन्दै माफी मागेका छन्। उनले आफूले ठीक ढंगले सञ्चालन गर्न नसक्दा पार्टीले राष्ट्रिय राजनीतिमा भूमिकाविहीन हुनुपरेको बताए।
आज (शनिबार) राष्ट्रिय सभागृहमा आयोजित सोही पार्टीको घोषणासभामा उनले पाँच वर्षयता पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गरेर धेरै गल्ती गरेको जिम्मेवारी लिँदै माफी मागेका हुन्। पटकपटक सरकारमा जानु पनि गल्ती भएको उनले स्पष्ट पारे।
पाँच वर्षको अलमलमा राप्रपा नेपालको नाम गुमाएको, लोकप्रिय चुनाव चिह्न गाई गुमाएको उनले बताए। ‘राप्रपा नेपालको अभियान प्रारम्भ गर्दा म माफी माग्न चाहन्छु, विगतमा गरेको गलत सम्झौताको परिणाम भोगिसक्यौं,’ उनले भने।
अध्यक्षमा पराजित भएपछि पार्टी र महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप रहेको दाबी गर्दै त्यसबार छानबिन हुनुपर्ने माग राख्दै आएका थिए।
अध्यक्ष लिङदेनले सो विषयमा कुनै चासो नदिएपछि थापाले गृह नगर हेडौंडा पुगेर राप्रपा परित्यागको घोषणा गरेका थिए।
थापाले फागुन १ गते एक अपिल जारी गरेर राप्रपा नेपालको ब्युँताउने र फागुन ७ गते घोषणा गर्ने बताएका थिए।











