प्रजातन्त्रलाई थप दरिलो पार्न सबै मिलेर अघि बढाैं : मुख्यमन्त्री राई
काठमाडाैं, फागुन ७ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा न्याय र समानता संघर्षमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात...
काठमाडाैं, फागुन ७ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले ‘राष्ट्रिय प्रजातन्त्र दिवस’का अवसरमा न्याय र समानता संघर्षमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदको सम्झना गरेका छन्।
प्रजातन्त्रका सेनानीप्रति उच्च सम्मान प्रकट गर्दै उहाँले मुलुकमा १०४ वर्षसम्म कायम रहेको जहानियाँ निरङ्कुश राणा शासनको अन्त्यसँगै व्यवस्था प्रारम्भ भएको आजको दिन आधुनिक नेपालको राजनीतिक इतिहासमा विशिष्ट महत्वको हुनाका साथै नेपाली जनता रैतीबाट सार्वभौम नागरिक बनेको बताए।
आज (शनिबार) जारी शुभकामना सन्देशमा यस अवसरमा प्रजातन्त्रलाई थप दरिलो गर्नका साथै बाँकी उपलब्धि प्राप्त गर्न सबै मिलेर अघि बढ्न आह्वान पनि गरे।
प्रकाशित मिति: १४:०१ बजे, शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











