कमल थापाकाे नेतृत्वमा राप्रपा नेपाल घोषणा
काठमाडाैं, फागुन ७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मंसिरमा सम्पन्न एकता महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएक कमल थापाले अन्ततः आफ्नो नेतृत्वमा राप्रपा...
काठमाडाैं, फागुन ७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मंसिरमा सम्पन्न एकता महाधिवेशनमा राजेन्द्र लिङदेनसँग पराजित भएक कमल थापाले अन्ततः आफ्नो नेतृत्वमा राप्रपा नेपाल रहेको घोषणा गरेका छन्।
तत्कालीन राप्रपा र राप्रपा नेपालबीचको एकतापछि लाक्पा तामाङका नाममा रहेको राप्रपा नेपालको नेतृत्व आफूले लिएर उनले राप्रपा नेपालको घोषणा गरेका हुन्।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज (शनिबार) राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा सो पार्टीको घोषणा गरिएको हो।
अध्यक्षमा पराजित भएपछि पार्टी र महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप रहेको दाबी गर्दै त्यसबार छानबिन हुनुपर्ने माग राख्दै आएका थिए।
अध्यक्ष लिङदेनले सो विषयमा कुनै चासो नदिएपछि थापाले गृह नगर हेडौंडा पुगेर राप्रपा परित्यागको घोषणा गरेका थिए।
थापाले फागुन १ गते एक अपिल जारी गरेर राप्रपा नेपालको ब्युँताउने र फागुन ७ गते घोषणा गर्ने बताएका थिए।











