Kathmandu Press

अनिल र रणवीर र्‍याम्पमा

काठमाडौं, माघ २१ : बलिउड स्टार अनिल कपुर र रणवीर सिंह र्‍याम्पमा देखिएका छन् ।

हरेक कार्यक्रममा मस्ती गर्ने अनिल र रणवीरले एउटा फेसन सोम....

अनिल र रणवीर र्‍याम्पमा
एजेन्सी

काठमाडौं, माघ २१ : बलिउड स्टार अनिल कपुर र रणवीर सिंह र्‍याम्पमा देखिएका छन् ।

हरेक कार्यक्रममा मस्ती गर्ने अनिल र रणवीरले एउटा फेसन सोमा पनि रमाइलो गरे । मुम्बइमा भएको ‘लाक्मे फेसन वीक’को फिनालेमा पनि अनिलले मस्ती गरे ।

Hardik ivf

अभिनेत्री जाह्नवी कपूरसँगै र्‍याम्पमा हिडिरहेका उनले एक्कासी रणवीरलाई बोलाए । अडियन्समा बसिरहेका रणवीर पनि तत्कालै आइहाले । दुवै मज्जाले नाच्न थाले । दर्शकले पनि तालीमात्रै बजाएनन्, नाचे पनि ।

उनीहरु नाचेको भिडियो सामाजिक संजालमा पनि भाइरल भएको छ । सामाजिक संजाल प्रयोगकर्ताले मन पराइरहेका छन् ।

प्रकाशित मिति: ११:१४ बजे, सोमबार, माघ २१, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्