एमसिसीका कारण नेपालको राजनीति अप्ठेरो परिस्थितिमा गुज्रिरहेको छ : मुख्यमन्त्री पाण्डे
हेटौंडा, फागुन ७ : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले एमसिसीका कारण नेपालको राष्ट्रिय राजनीति अप्ठेरो परिस्थितिमा गुज्रिरहेको बताएका छन्।प्रजातन्त्र दिवसको अवसरमा आज (शनिबार) बिहान...
हेटौंडा, फागुन ७ : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले एमसिसीका कारण नेपालको राष्ट्रिय राजनीति अप्ठेरो परिस्थितिमा गुज्रिरहेको बताएका छन्।
प्रजातन्त्र दिवसको अवसरमा आज (शनिबार) बिहान प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी अनुदानका कारण उत्पन्न विवादले नेपाली राजनीतिमा अप्ठेरो परिस्थिति सिर्जना भएको बताएका हुन्।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्षसमेत रहेका उनले नेपालका राजनीतिक दलहरुले विगतमा जस्तो यसपटक पनि यसपटक पनि मिलीजुली समस्या समाधान गर्ने विश्वास व्यक्त गरे।
उनले सबै राजनीतिक दलले आर्थिक र सामाजिक पक्ष सुधारमा जोड दिनुपर्ने बताए। प्रदेश सरकारले प्रजातन्त्र दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमाले भने सहभागी भएको छैन।
प्रकाशित मिति: १३:०६ बजे, शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











