Kathmandu Press

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी, एमसिसीबारे एकीकृत धारणा तय गरिने

काठमाडौं, फागुन ७ : सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक नयाँ बानेश्वरस्थित अर्याल होटलमा जारी छ।सरकारले आगामी आइतबारको प्रतिनिधिसभा बैठकमा...
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी, एमसिसीबारे एकीकृत धारणा तय गरिने

काठमाडौं, फागुन ७ : सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक नयाँ बानेश्वरस्थित अर्याल होटलमा जारी छ।

सरकारले आगामी आइतबारको प्रतिनिधिसभा बैठकमा एमसिसी टेबुल गर्ने तयारी गरिरहँदा एकीकृत समाजवादी भने त्यसकाे विपक्षमा उभिएकाे छ। 

बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे एकीकृत धारणा तय गरिने जनाइएको छ। सो पार्टीका अध्यक्ष माधव नेपाल र पार्टीका सम्मानित नेता झलनाथ खनालले एमसिसी जस्ताको तस्तै संसदबाट पारित गर्न नहुने बताउँदै आएका छन्।

आइतबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक डाकिएकाे छ। त्यसअघि बिहान १० बजे प्रधानमन्त्री शेरबहादुर देउवाकाे आह्रवानमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दैछ।अध्यक्ष नेपालले भने स्थायी कमिटी बैठकबाट पार्टीको एकीकृत धारणा तय गर्न स्थायी कमिटी बैठक बाेलाएका हुन्। 

त्यसैगरी समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधिलगायतका विषयमा पनि छलफल हुने सो पार्टीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १२:४५ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्