Kathmandu Press

युक्रेनमा हालैका साइबर हमलामा रुस संलग्न छैन : रुसी दूतावास

वासिंङटन, फागुन ७ : युक्रेनी बैंकहरूमा हालैका साइबर हमलाहरूमा रूसको संलग्नता नभएको संयुक्त राज्य अमेरिकाका लागि रूसी दूतावासले जनाएको छ।शुक्रबार, साइबर र इमर्जिङ टेक्नोलोजीका...
युक्रेनमा हालैका साइबर हमलामा रुस संलग्न छैन : रुसी दूतावास

वासिंङटन, फागुन ७ : युक्रेनी बैंकहरूमा हालैका साइबर हमलाहरूमा रूसको संलग्नता नभएको संयुक्त राज्य अमेरिकाका लागि रूसी दूतावासले जनाएको छ।

शुक्रबार, साइबर र इमर्जिङ टेक्नोलोजीका लागि उप राष्ट्रिय सुरक्षा सल्लाहकार एनी न्युबर्गरले बाइडेन प्रशासनले रूसले रक्षा मन्त्रालय लगायत युक्रेनी सरकारी संस्थाहरूलाई लक्षित गरी साइबर हमला गरेको विश्वास गरे पनि यसमा सत्यता नभएको उल्लेख गरेका छन्।

'हामी (अमेरिकी) प्रशासनको निराधार आरोपलाई स्पष्ट रूपमा अस्वीकार गर्दछौं र उल्लेख गरिएका घटनाहरूमा रुस संलग्न थिएन र साइबरस्पेसमा कुनै दुर्भावनापूर्ण कार्यहरू नगरेको कुरामा जोड दिन्छौं,' दूतावासले आफ्नो ट्विटर पेजमा उल्लेख गरेको छ।

कूटनीतिक नियोगले न्युबर्गरको टिप्पणीलाई रुस विरोधी टिप्पणीको रूपमा व्याख्या गरेको छ।

प्रकाशित मिति: १२:१३ बजे, शनिबार, फागुन ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्