Kathmandu Press

देशलाई समृद्ध बनाउन सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा

काठमाडाैं, फागुन ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्ध बनाउन सरकार क्रियाशिल रहेको बताए छन्।७२औं प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै...
देशलाई समृद्ध बनाउन सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा

काठमाडाैं, फागुन ७ : प्रधानमन्त्री शेरबहादुर देउवाले देशलाई समृद्ध बनाउन सरकार क्रियाशिल रहेको बताए छन्।

७२औं प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले  राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशलाई समृद्ध बनाउन सरकार क्रियाशील रहेको बताएका हुन्।

प्रधानमन्त्री देउवाले सरकारको यो कामा सबैको सकारात्मक सहयोग आवश्यक रहेको पनि बताए । ‘प्रतिपक्ष, नागरिक समाज, निजी तथा सहकारी क्षेत्र, दातृ निकाय सबैको प्रयासमा मुलुकलाई समृद्ध र सुशासनको मार्गमा अघि बढाउन वर्तमान सरकार प्रतिबद्ध छ,’ देउवाले भने।

२००७ सालको राजनीतिक क्रान्तिदेखि २०४६ साल, २०६२र६३ को जनआन्दोलन लगायतका कारण राजनीतिक रुपमा देशले ठूलो फड्को मारेको र हामी स्वतन्त्र देशको सम्मानित सार्वभौम नागरिक भएको देउवाले बताए ।

प्रधानमन्त्री देउवाले २००७ सालको राजनीतिक क्रान्तिको सफलतालाई टेकेर अघि बढ्दा नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी शासन प्रणाली लागू भएको बर्ता । उनले भने्, ‘सहिदका सपना पूरा गर्ने र हाम्रा पुर्खाले देख्न चाहेको नेपाल बनाउने जिम्मेवारी हाम्रै काँधमा छ ।’

सहिदले परिकल्पना गरेअनुसार राजनीतिक स्वतन्त्रता र आर्थिक सामाजिक अधिकार उपभोग गरी समतामुलक समाजको निर्माण गर्नु हाम्रो राष्ट्रिय दायित्व भएको प्रधानमन्त्री देउवाको भनाई थियो ।

 

प्रकाशित मिति: १२:०९ बजे, शनिबार, फागुन ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्