Kathmandu Press

ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

रियो दि जेनेरियो फागुन ७ : दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १३० पुगेको...
ब्राजिलमा पहिरोमा परी मृत्यु हुनेको संख्या १३० पुग्यो

रियो दि जेनेरियो फागुन ७ : दक्षिणपूर्वी ब्राजिलको रियो दि जेनेरियो राज्यको पेट्रोपोलिस शहरमा बाढी र पहिरोका कारण मृत्यु हुनेको संख्या १३० पुगेको स्थानीय अधिकारीहरूले बताएका छन्।

यस्तै, बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको सङ्ख्या २०० भन्दा बढी पुगेको बताएको छ ।

मंलबारदेखि आएको भारी वर्षाले नदीहरूमा पानीको बहाव बढेको र धेरै घरहरू ध्वस्त  भएका छन् । शुक्रबार दिउँसो प्रकोप क्षेत्रको निरीक्षण गरेपछि राष्ट्रपति जैर बोल्सोनारोले उद्धारका रचनात्मक उपाय अवलम्बन गर्न निर्देशन दिएका थिए।

विपद्को चार दि पछि पनि मानिसहरूलाई जीवितै उद्धार गरिएको छ। यद्यपि प्रतिकूल मौसमका कारण भग्नावशेष सार्न भारी मेसिनरी प्रयोग गर्न गाह्रो भएकाले उद्धार प्रयासहरू सुस्त भएको बताइएको छ।

प्रकाशित मिति: ११:२१ बजे, शनिबार, फागुन ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्