टी–२० विश्वकप छनोटमा फिलिपिन्ससँग भिड्दै नेपाल

काठमाडौं, फागुन ७ : आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटअन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दै छ।
नेपालले आज बिहान ११ः४५ बजे ओमनको अल अमेरत मैदानमा फिलिपिन्ससँग खेल्न लागेको हो। शुक्रबार भएको पहिलो खेलमा नेपालले ओमनलाई ३९ रनले पराजित गरेको थियो।
छनोट प्रतियोगितामा आठ देश सहभागी छन्। समूह ए मा आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी तथा समूह बी मा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स छन्।
आज नेपालले फिलिपिन्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ। नेपालले सोमबार क्यानडासँग खेल्नेछ।
प्रकाशित मिति: ०८:३८ बजे, शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











