Kathmandu Press

एडिबीसँग सघन साझेदारीमा अर्थमन्त्रीको जोड

काठमाडाैं, फागुन ६ : अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन एशियाली विकास बैंक (एडिबी) सँग सघन साझेदारी आवश्यक भएकामा जोड दिएका...
एडिबीसँग सघन साझेदारीमा अर्थमन्त्रीको जोड

काठमाडाैं, फागुन ६ : अर्थमन्त्री जनार्दन शर्माले नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन एशियाली विकास बैंक (एडिबी) सँग सघन साझेदारी आवश्यक भएकामा जोड दिएका छन एडिबीका कार्यकारी निर्देशक डा वान फारिसनसँग आज भएको ‘भुर्चुअल’ छलफलमा उहाँले उक्त कुरामा जोड दिएका हुन।

नेपालका उत्पादन नगण्य मात्रामा मात्र निर्यात भइरहेको बताउँदै अर्थमन्त्री शर्माले यसलाई बढाउन  एडिबीसँग सहकार्य अपरिहार्य भएको उल्लेख गरे। 'नेपालको निकासी न्यून छ, उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तु निकासी गरी विश्व बजारमा पुर्‍याउन पनि एडीबीसँग हाम्रो सघन सहकार्य आवश्यक छ,' उनले भने।

अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई घटाउन, व्यापारका सूचकाङ्कमा सुधार गर्न  तथा लगानीमैत्री वातावारण निर्माण गर्न सरकार क्रियाशील रहेको बताउँदै त्यसनिम्ति निजी क्षेत्रलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको जानकारी दिए। एडिबीले कोभिड महामारी नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई उन्नत तुल्याउन निरन्तर सहयोग गरेकामा उनले धन्यवाद ज्ञापन गरे। कोभिडपछिको अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्र्न बाँकी रहेको र त्यसमा एडिबीसँगको थप सहकार्य नेपाललाई आवश्यक भएको अर्थमन्त्रीले बताए।

प्रकाशित मिति: १९:३२ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्