Kathmandu Press

‘राप्रपा नेपाल कमल थापाको पार्टी हाेइन’

काठमाडौं, फागुन ६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पदाधिकारीहरुले राप्रपा नेपाल कमल थापाको पार्टी नभएको दाबी गरेका छन्।आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै...
‘राप्रपा नेपाल कमल थापाको पार्टी हाेइन’

काठमाडौं, फागुन ६ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका पदाधिकारीहरुले राप्रपा नेपाल कमल थापाको पार्टी नभएको दाबी गरेका छन्।

आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले त्यस्ताे बताएका हुन्। उनीहरूले थापाविरूद्ध उच्च अदालत पाटनमा अन्तरिम आदेश माग गर्दै निवेदन दिएकाे पनि बताए।

पार्टीका ९५ प्रतिशत केन्द्रीय पदाधिकारीलाई झुक्याएर राप्रपा नेपालका लाक्पा तामाङले कमल थापालाई पार्टी बेचेको आरोप लगाए।

उनीहरुले यसबारे छानबिन गर्न निर्वाचन आयोगमा समेत जानकारी गराएको जानकारी दिए। यस्तै, राजसंस्था र हिन्दुराष्ट्र सखाप पार्न थापाले राप्रपा नेपाल कब्जा गर्न लागेको पनि उनीहरूको आरोप छ।

पार्टीका उपाध्यक्ष तेजराज भुजेलले राप्रपा नेपाललाई माया गर्नेहरुको मन दुखेको भन्दै राजसंस्था बोकेर हिँडेको मान्छेलाई रातारात गणतन्त्रवादी बनाइकोमा दुःख व्यक्त गरे। उनले लाक्पा तामाङको कदम आफुहरुलाई कुनै हालतमा मान्य नहुने चेतावनी दिए।

पार्टीका केन्द्रीय प्रवक्ता राजेश्वरदास श्रेष्ठले वस्त्र जस्तोसुकै भए पनि चरित्र कस्तो छ भन्ने कुरा महत्वपूर्ण रहेको भन्दै कमल थापालाई अध्यक्ष स्वीकार गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारे।

प्रकाशित मिति: १८:३६ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्