एमसीसीबारे हिंसा भड्काउने विचारहरू अस्वीकार्य : अमेरिकी राजदूत बेरी
काठमाडाैं, फागुन ७ : नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले एमसीसीबारे हिंसा भड्काउने विचारहरू अस्वीकार्य भएकाे बताएका छन्।शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट ट्वीट गर्दै...
काठमाडाैं, फागुन ७ : नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले एमसीसीबारे हिंसा भड्काउने विचारहरू अस्वीकार्य भएकाे बताएका छन्।
शुक्रबार दूतावासको आधिकारिक अकाउन्टबाट ट्वीट गर्दै राजदूत बेरीले भनेका छन्, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं, एमसीसीको बिषयमा पनि हाम्रो धारणा त्यही हो।’
उनले एमसीसीबारे विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु भएकाे बताउँदै सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्ने बताएका छन। उनले भनेका छन्, ‘तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।’
We are a strong supporter of free speech & public discourse based in fact, including on MCC. The right to express one’s views is intrinsic to democracy, and people must be allowed to peacefully share their views. Violence & incitement to violence are never acceptable.
— Ambassador Randy Berry (@USAmbNepal) February 18, 2022











