Kathmandu Press

थप ४३७ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडाैं, फागुन ६ : नेपालमा थप ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको ५ हजार १ सय ३३ पिसिआर परीक्षणका...
थप ४३७ जनामा कोरोना संक्रमण, २ को मृत्यु

काठमाडाैं, फागुन ६ : नेपालमा थप ४ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको ५ हजार १ सय ३३ पिसिआर परीक्षणका क्रममा २ सय ७५ जना र ३ हजार ९ सय ५८ एन्टिजेन परिक्षणका क्रममा १ सय ६२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना कारण ११ हजार ९ सय १३ जनाको मृत्यु भएको छ।

त्यस्तै थप २ हजार ४ सय ५४ जना निको हुँदा हालसम्म नेपालमा ९ लाख ४८ हजार ७ सय ८४ जना निको भएका छन्। हाल नेपालमा १४ हजार ४ सय ३५ सक्रिय संक्रमित आइसोलेसन र १०९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।
 

प्रकाशित मिति: १६:५७ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्