Kathmandu Press

अमेरिकी दूतावासले भन्यो- एमसिसीका नाममा हिंसा भड्काउने विचार अस्वीकार्य

काठमाडाैं, फागुन ६ : अमेरिकाले एमसिसीको विषयमा स्वतन्त्रताका साथ तथ्यमा आधारित खुला बहस पाउनुपर्ने बताउँदै हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने स्पष्ट पारेका...
अमेरिकी दूतावासले भन्यो- एमसिसीका नाममा हिंसा भड्काउने विचार अस्वीकार्य

काठमाडाैं, फागुन ६ : अमेरिकाले एमसिसीको विषयमा स्वतन्त्रताका साथ तथ्यमा आधारित खुला बहस पाउनुपर्ने बताउँदै हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने स्पष्ट पारेका छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले आज (शुक्रबार) सामाजिक सञ्जालमार्फत आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु भएको, सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्नेमा जोड दिँदै एमसिसीका नाममा हिंसा नभड्काउन आग्रह गरेको हो।

‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौं। एमसिसीको विषयमा पनि हाम्रो धारणा त्यही हो। आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ,’ दूतावासले फेसबुकमा लेखेकाे छ, ‘तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन्।’

एमसिसी अमेरिकी सहयोग परियोजना हो र नेपालको संसदबाट यसलाई चाँडै पारित गराउन अमेरिकाले दबाब दिँदै आएको छ।

प्रकाशित मिति: १६:४९ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्