Kathmandu Press

अहमदावाद बम विस्फोट प्रकरण : १४ वर्षपछि फैसला, यी हुन् फाँसीको सजाय पाउने ३८ अभियुक्त

चौध वर्षअघि अहमदावादमा भएको सिरियल बम विस्फोटको घटनामा संलग्न रहेकामध्य ३८ जनालाई फाँसीको सजाय सुनाइएको हो । बाँकी ११ जनालाई भने जन्मकैदको सजाय सुनाइएको छ। 
अहमदावाद बम विस्फोट प्रकरण : १४ वर्षपछि फैसला, यी हुन् फाँसीको सजाय पाउने ३८ अभियुक्त

काठमाडौं, फागुन ६ : भारतको विशेष अदालतले ३८ जनालाई फाँसीको सजाय सुनाएको छ। भारतको इतिहासमा यति धेरै मानिसहरुलाई फाँसीको सजाय सुनाइएको पहिलो घटना हो।

चौध वर्षअघि अहमदावादमा भएको सिरियल बम विस्फोटको घटनामा संलग्न रहेकामध्य ३८ जनालाई फाँसीको सजाय सुनाइएको हो । बाँकी ११ जनालाई भने जन्मकैदको सजाय सुनाइएको छ। 

सन् २००८ मा भारतको गुजरात राज्यका विभिन्न २० स्थानमा बम विस्फोट गराइएको थियो । ७० मिनेटको अवधिमा अहमदावादका २० स्थानमा भएको विस्फोटमा ५६ जनाको मृत्यु भएको थियो।   

गुजरात प्रहरीले भारतीय मुजाहिद्दिन नामक इस्लामिक आतंकवादी समूहले विस्फोट गराएको निष्कर्श निकालेको थियो । तत्कालीन समयमा भारतका सञ्चारमाध्यमहरुले पनि विस्फोटमा सोही आतंकवादी समूहको संलग्नता भएको प्रमाण प्रस्तुत गरेको थियो । 

अहमदावाद बम विस्फोट प्रकरण तत्कालीन समयमा भारतमा जारी साम्प्रदायिक दंगाको परिणाम रहेको बताइन्छ। गुजरातको गोदारामा एक रेलमा आगजनीको घटनापछि भारतमा साम्प्रदायिक हिंसा भड्किएको थियो। अज्ञात समूहले रेलमा आगजनी गर्दा ५८ जना हिन्दुको मृत्यु भएको थियो। 

त्यसपछि तीन दिनसम्म चलेको साम्प्रदायिक दंगामा १ हजार ४४ जनाको मृत्यु भएको थियो । त्यस्तै २२३ जना वेपत्ता र करिब तीन हजार जना घाइते भएका थिए। मृत्यु हुनेमध्य ७९० मुसलमान २५४ जना हिन्द थिए।  

भारतको विशेष अदालतका न्यायाधीश एआर पटेलको इजलासले घटनाको चौध वर्षपछि फैसला गर्दै संलग्नलाई फाँसी र आजीवन कारावासको सजाय सुनाएको हो। २८ जनाले भने सफाई पाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ। 

भारतीय समाचार संस्था आजतकले फाँसीका सजाय पाउने ३८ जना र बम विस्फोटमा उनीहरुको भूमिका उल्लेख गरेको छ । यस्ताे छ नामावली- 

१. जहीद कुतवुद्दिन– बम विस्फोट गराउन आवश्यक आर्थिक व्यवस्थापन गर्ने।
२. इमरान इब्राहिम शेख
३. इकबाल कस शेख–ठक्करनगरमा साइकल बम राख्ने मुख्य अभियुक्त 
४. समसुद्दिन शाहबुद्दिन शेख
५. गयासुद्दिन अब्दुल हलिम अन्सारी 
६. मोहम्मद आरिफ मोहम्मद इकबाल कागजी
७. युनुस मोहम्मद मन्सुरी
८. मोहम्मद उस्मान महम्मद अनिस अगरबत्तीवाला
९. कमरुद्दिन चाँद मोहम्मद नागोरी
१०. अमिल परवाज काजी सेफुद्दिद शेख
११. सबली उर्फ साबित अब्दुल करिम मुस्लिम
१२. सफदर उर्फ हुसेनभाई उर्फ इकबाल जहरुल हुसेन नागोरी
१३. हाजिफ हुसेन उर्फ अदनान ताजुद्दिन मुल्ला
१४. मोहम्मद साजिद उर्फ सलिम उर्फ सज्जाद उर्फ साद गुलाम ख्वाजा मन्सुरी– विस्फोटका लागि उक्साउने, जिहादी भाषण दिने) 
१५. अब्बास उम्र समेजा
१६. मुफ्ती अबुबशर उर्फ अब्दुल रशिद उर्फ अब्दुल्ला अबुबकर शेख
१७. जाबेद अहमद सगीर अहमद शेख
१८. मोहम्मद इस्माईल उर्फ राजिक उर्फ मुसाफ उर्फ फुरकान महमद इसाक मन्सुरी – मणिनरको एलजी अस्पतालमा कार बम राखेको)
१९. अफजल उर्फ अफसर मुतल्लिब उस्मानी– सिभिल अस्पतालको ट्रमा वार्ड नजिकै कारबम विस्फोट
२०. महम्मद आरिफ उर्फ आरिफ बदर उर्फ लदन सन अफ बदरुद्दिन उर्फ जुम्मन शेख
२१. आसिफ उर्फ हसन बशीरुद्दिन शेख 
२२. कयामुद्दिन उर्फ रिजवान उर्फ अशफाक सरफुद्दिन कापडिया – झुठो परिचय पत्रबाट सिमकार्ड लिने
२३. मोहम्मद सेफ उर्फ राहुन सागाद एहमद उर्फ मिस्टर शेख
२४. जीशान अहमद उर्फ राहुल साबाद एहमद उर्फ मिस्टर शेख
२५. जियाउर रहेमान उर्फ मोटु उर्फ जिया अब्दुल रहमानी तेली 
२६. महम्मद शकील यामिनखान लुहार 
२७. मोहम्मद अकबर उर्फ सइद उर्फ याकुब उर्फ विनोद इस्माइल चौधरी
२८. फजले रहेमान उर्फ रफिक उर्फ सलाउद्दिन मुसद्दिकखान दुर्रानी
२९. एहमद बावा उर्फ अबु अबुकर बरेलवी
३०. सरफुद्दिन उर्फ सरफु सन अफ इ.टी सैनुद्दिन उर्फ अब्दुल सत्तर उर्फ अब्दुल सलाम उर्फ सलिम– टाइम बम बनाउनका लागि टाइम चिप बनाउने र बम विस्फोट गराउने
३१. सैफुर रहेमान उर्फ सैफ अब्दुल रहेमान– अलअलग स्थानमा रेकी गर्ने तथा नारोल सर्कल इलाकामा साइकलमा बम राखेको
३२. सादुली उर्फ हारिज अब्दुल करिम मुस्लिम 
३३. मोहम्मद तनवीर उर्फ तल्हा मोहम्मद अख्तर पठान
३४. आमिन उर्फ राजा अय्युब शेख
३५. महम्मद मुबिन उर्फ इरफान अब्दुल शाहरुख खान
३६. मोहम्मद रफिक उर्फ जाविद उर्फ आलमजेब अफ्रिदी
३७. तौसिफ खान उर्फ आतिक एहमद खान पठान
३८. मोहम्मद आरिफ नसिम अहमद मिर्जा 

प्रकाशित मिति: १६:२६ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्