जग बलियो नभएकाले सत्ता गठबन्धन टुट्नु अनिवार्य : योगेश भट्टराई
काठमाडाैं, फागुन ६ : एमाले सचिव योगेश भट्टराईले अहिले एमालेको प्राथमिकता सरकार नभएर आउने निर्वाचन भएको बताएका छन्।आज (शुक्रबार) संसद भवनमा सञ्चारकर्मीसँग कुरा...
काठमाडाैं, फागुन ६ : एमाले सचिव योगेश भट्टराईले अहिले एमालेको प्राथमिकता सरकार नभएर आउने निर्वाचन भएको बताएका छन्।
आज (शुक्रबार) संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलको सत्तागठबन्धनको जग बलियो नभएकाले यो टुट्नु अनिवार्य रहेको बताए।
‘गठबन्धन टुट्छ टुट्दैन त्यो हाम्रो हातमा त छैन तर टुटिहाल्यो भने सर्वोच्च अदालतले जे व्याख्या गरेको छ, त्यो हुन्छ,’ उनले भने, ‘सर्वोच्चले अर्को सरकार बन्ने सम्भावना रहँदासम्म संसद विघटन नहुने भनेको छ, गठबन्धन टुट्यो भने संविधानको धारा ७६ आकर्षित हुन्छ । त्यही धाराअनुसार जेजे भनिएको छ त्यो हुन्छ, त्यहाँ एमालेको भूमिका जहाँजहाँ जेजे हुनुपर्ने हो, एमालेले त्यो सबै गर्छ।’
भट्टराईले एमसिसीका बारेमा आवश्यक समयमा धारणा राख्ने उल्लेख गर्नुभयो ।
प्रकाशित मिति: १५:२९ बजे, शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











