माओवादीको केन्द्रीय कमिटी बैठक सर्याे, फागुन २० गते बस्ने
काठमाडौं, फागुन ६ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि सरेको छ। फागुन ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगित गरिएको माओवादी...
काठमाडौं, फागुन ६ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि सरेको छ। फागुन ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगित गरिएको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका छन्।
‘देशको राजनीतिक परिस्थितीका कारण आइतबार र सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको छ,’ ढकालले भने। अब फागुन २० गतेमात्र केन्द्रीय कमिटीको बैठक बस्ने उनले बताए।
आठौं महाधिवेशनबाट अध्यक्ष मात्र चयन गरेको माओवादीले बाँकी पदाधिकारी र केन्द्रीय कमिटीको टुंगो लगाउन बाँकी छ। सोको लागि पटकपटक बैठक बोलाइएपनि स्थगित हुँदै आएको छ।
एमसिसीका कारण मुलुकको राजनीतिमा उथलपुथल आउन थालेपछि माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठकलाई सारेको हो। अध्यक्ष प्रचण्ड सत्तारुढ गठबन्धन टुट्न नदिनका लागि प्रयासरत छन्। उनले पटकपटक प्रधानमन्त्री र गठबन्धन दलका अन्य नेताहरुसँग छलफल गर्दै आइरहेका छन्।











