Kathmandu Press

फिलिपिन्समा कार दुर्घटनामा परी तीन सैनिकको मृत्यु

मनिला, फागुन ६ : मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा शुक्रबार बिहानै कार कंक्रिटको अवरोधमा ठोक्किएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु...
फिलिपिन्समा कार दुर्घटनामा परी तीन सैनिकको मृत्यु

मनिला, फागुन ६ : मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा शुक्रबार बिहानै कार कंक्रिटको अवरोधमा ठोक्किएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

वायुसेनाले स्थानीय समय अनुसार बिहान ३ बजे (१९०० जीएमटी) केही समय अगाडि दुर्घटना हुँदा कारमा चार सैनिक रहेको बताएको छ। 'दुर्घटनामा फिलिपिन्स वायुसेनाका चारजना कर्मचारी थिए। तीनजनाको मृत्यु भएको पुष्टि भएको छ,' सैनिकले जनाएको छ।

दुर्घटनामा घाइते भएका चालकको राजधानी क्षेत्रको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विज्ञप्तिमा भनिएको छ, 'यो घटना के कारणले भयो भन्ने परिस्थितिको बारेमा अहिलेसम्म कुनै जानकारी आएको छैन,' वायुसेनाले दुर्घटनाको अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: १४:१३ बजे, शुक्रबार, फागुन ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्