Kathmandu Press

युक्रेनवरपरका सेना फिर्ता गर्दै रुस

युक्रेनवरपरका सेना फिर्ता गर्दै रुस

मस्को, फागुन ६ : रुसले युक्रेनको सिमाना नजिकका क्षेत्रहरूबाट थप ट्यांक र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ। 

‘पश्चिमी सैन्य जिल्लाको ट्यांक आर्मी एकाइहरूसँग सम्बन्धित कर्मचारी र सैन्य उपकरण बोकेको अर्को सैन्य ट्रेन निर्धारित अभ्यास पूरा गरेपछि निज्नी नोभगोरोड क्षेत्रमा आफ्नो स्थायी अड्डाहरूमा फर्कियो,’रूसी रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ।

यसैगरी यसले १० युद्ध विमानहरू मस्को–विलग्न क्राइमियन प्रायद्वीपबाट फिर्ता लिएको बताएको छ।

प्रकाशित मिति: १३:४१ बजे, शुक्रबार, फागुन ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्