आयोगको प्रतिवेदन पेस गरेर प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक आइतबार बस्ने
काठमाडौं, फागुन ६ : प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ।सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधबीच कार्यसूचीबमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी...
काठमाडौं, फागुन ६ : एमालेको नाराबाजीबीच कार्यसूचीअनुरुप एउटा प्रतिवेदन पेस गरेर प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले एमालेको अवरोधबीच कार्यसूचीबमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन २०७७/७८ पेस गरेपछि बैठक स्थगित गरेका हुन्।
उनले अर्को बैठक आइतबार (फागुन ८ गते) का दिनको १ बजेका लागि डाकेका छन्।
प्रकाशित मिति: १३:३३ बजे, शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











