प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमालेको अवराेध
काठमाडौं, फागुन ६ : प्रमुख प्रतिपक्षी दल एमालेले आज (शुक्रबार) को प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै अवराेध गरेको छ। आज (शुक्रबार) को प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले...
काठमाडौं, फागुन ६ : प्रमुख प्रतिपक्षी दल एमालेले आज (शुक्रबार) को प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै अवराेध गरेको छ।
आज (शुक्रबार) को प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरूले रोस्ट्रमअगाडि पुगेर नाराबाजी गर्दै बैठक अवरुद्ध पारेका हुन्।
एमाले सांसदहरूले केही समययता प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध सिर्जना गर्दै आएका छन्। एमालेले भदौ २३ देखि संसद बैठकमा अवरोध गर्न सुरु गरेको हो।
एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी पार्टी निर्माणमा सभामुख अग्नि सापकोटाले भूमिका खेलेको आरोप एमालेले लगाउँदै आएको छ।
सो पार्टीले कारबाही सिफारिस गरेका माधव नेपालसहित १४ सांसदलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको छ।
यसअघि बुधबार बसेको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरूले अवरोध गरेका थिए।
सभामुख सापकोटाले एमालेको अवरोधबीच कार्यसूचीबमोजिम शोक प्रस्ताव पारितका साथै थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरेलगत्तै आज (शुक्रबार) दिनको १ बजेका लागि बैठक डाकेका थिए।











