Kathmandu Press

चलेन नेपालको ब्याटिङ, ओमानलाई सामान्य लक्ष्य

चलेन नेपालको ब्याटिङ, ओमानलाई सामान्य लक्ष्य

काठमाडौं, फागुन ६ : टि–२० विश्वकपको ग्लोबल छनोटको पहिलो नेपालले ओमानविरुद्ध खराब ब्याटिङ गरेको छ। अल अमेरात क्रिकेट मैदानमा राखब ब्याटिङ गरेपछि नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको छ।

टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङ गरेको नेपालले कुनै पनि समय ओमानलाई दबाबमा राख्न सकेन । ३ ओभरमै आफ्ना दुवै ओपनरलाई गुमाएको नेपालले त्यसपछि लागतार विकेट गुमायो।

आरिफ सेखले एउटा इन्टबाट टिकेर खेलेपनि उनलाई सकैले गतिलो साथ नदिँदा नेपाल सम्मानजनक योगफल बनाउन सकेनन्। आरिफले ३७ बलमा २ चौका प्रहार गर्दै ३८ रन बनाए । 

यस्तै, कप्तान सन्दीप लामिछानेले अन्तिममा ७ बलमा आक्रमक रुपमा १६ रन बनाए । उनले समान १ चौका र छक्का प्रहार गरे । यस्तै, लोकेश बलमले १७ बलमा १६ रन बनाउँदा ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए । 

नेपालको इनिङ ध्वस्त बनाउने क्रममा ओमानका खवार लीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । यस्तै, बिलाल खानले ३ ओभरमा २५ रन खर्चँदै २ विकेट लिए ।

प्रकाशित मिति: १३:१६ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्