Kathmandu Press

सन् २०२१ सम्म १ लाख ९४ सिरियालीलाई टर्कीको नागरिकता

अंकारा, फागुन ६ : टर्कीस सरकारले सन् २०२१ मा मात्र करिब १ लाख ९४ हजार सिरियाली नागरिकलाई टर्कीको नागरिकता प्रदान गरिएको जानकारी दिएको...
सन् २०२१ सम्म १ लाख ९४ सिरियालीलाई टर्कीको नागरिकता

अंकारा, फागुन ६ : टर्कीस सरकारले सन् २०२१ मा मात्र करिब १ लाख ९४ हजार सिरियाली नागरिकलाई टर्कीको नागरिकता प्रदान गरिएको जानकारी दिएको छ।

सो सरकारले दिएको जानकारी अुनसार सन् २०२१ सम्ममा टर्कीमा पुगेर शरणार्थीका रुपमा बसिरहेका ती सिरियालीलाई टर्कीको नागरिकता प्रदान गरिएको हो।

टर्कीस् सरकारले बिहीबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार ती १ लाख ९४ हजार नागरिकमध्ये ८४ हजार जनाजति बालबालिका पनि रहेका छन्।

सिरियामा गृहयुद्ध सुरु भएपछि त्यहाँका नागरिकहरु छिमेकी लगायतका देशहरुमा शरणा लिन पुगेका छन्। यसरी यहाँका लाखौँलाख नागरिकले देश छोडेर भागेका छन्। यसरी भागेर शरणार्थी बन्न बाध्य भएका नागरिकमध्ये टर्कीमा मात्र ३७ लाख जना रहेका छन्।

टर्किस सरकारले त्यहाँ रहेका ३७ लाख सिरियाली नागरिकलाई अस्थायी शरण दिएर राखेको जनाएको छ। उनीहरुले पनि टर्कीस् नागरिकका लागि आवेदन गरेका तर पनि उनीहरु सबैलाई नागरिकता दिन सो सम्भव नभएको समाचारमा जनाइएको छ।

सिरियामा सन् २०११ देखि सुरु भएको सरकार विरुद्धको आन्दोलन निकै लामो समयदेखि जारी रहेपछि त्यहाँ यसले गृहयुद्धको रुप लिएको छ।

यहाँ अहिले पनि हिंसा जारी रहेकाले यहाँका नागरिकहरु आन्तरिक रुपमा शरणार्थी बन्ने तथा देश छोडेर भाग्ने क्रम जारी नै रहेको बताएका छन्।

प्रकाशित मिति: १२:४२ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्