Kathmandu Press

चीनमा स्थानीय स्तरमै कोरोना संक्रमित भेटिए

चीनमा स्थानीय स्तरमै कोरोना संक्रमित भेटिए

बेइजिङ, फागुन ६ : चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन्। यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन्।

प्राप्त समाचारअनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन्। यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो।

तीमध्ये कतिपय नागरिकहरु बाहिरबाट आएका पनि रहेका छन् । सांघाइमा देशबाहिरबाट आएका केही संक्रमितहरु फेला परेका पनि अधिकारीहरुले जानकारी दिएका छन्।

ती अधिकारीका अनुसार अहिले चीनमा १ हजार ४०० भन्दा केही बढी संक्रमितहरु उपचाररत रहेका छन्। ती अधिकारीहरुका अनुसार तीमध्ये २५ जनाको अवस्था गम्भीर रहेको छ।

चीनले पछिल्लो समयमा जनस्वास्थ्यका मापदण्डमा निकै कडाइ गर्नुका साथै अन्य सतर्कताका कारण धेरै नागरिकमा यो संक्रमण सर्न पाएको छैन। चीन सरकारले नागरिकहरुलाई कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको जनाएको छ।

प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, फागुन ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्