Kathmandu Press

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु 

काठमाडौं, फागुन ६ : कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा केहीबेरअघि बैठक सुरु भएको हो । आज बस्ने प्रतिनिधि...
कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु 

काठमाडौं, फागुन ६ : कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। 

संघीय संसद भवन नयाँ बानेश्वरमा केहीबेरअघि बैठक सुरु भएको हो । आज बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूचीका विषयमा छलफल गर्न सभामुख अग्नििप्रसाद सापकोटाले समितिको बैठक बोलाएका हुन्। 

संसदमा एमाले अवरोध जारी रहेका कारण विभिन्न विधेयकहरुबारे छलफल हुन सकेको छैन। सभामुखले पटकपटक कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएपनि एमालेले बहिस्कार गर्दै आएको छ। 

आजको बैठकमा पनि एमाले नजाने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बताइसकेका छन्। कार्यव्यवस्था परामर्श समितिको बैठक सकेर दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक सुरु हुनेछ। 

संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा  प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै एजेण्डा छ ।

एमसिसी संसदमा टेबुल गर्ने भनिएपनि कार्यसूचीमा भने राखिएको छैन।  

प्रकाशित मिति: १२:१८ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्