ओमानविरुद्ध चलेन नेपालको ओपनिङ
काठमाडौं, फागुन ६ : टि–२० विश्वकपको ग्लोबल छनोटको पहिलो नेपालले ओमानविरुद्ध खराब सुरुआत गरेको छ। ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ गर्ने...
काठमाडौं, फागुन ६ : टि–२० विश्वकपको ग्लोबल छनोटको पहिलो नेपालले ओमानविरुद्ध खराब सुरुआत गरेको छ।
ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिलो ब्याटिङ गरेको नेपालले ३ ओभरमै आफ्ना दुवै ओपनरलाई गुमाएको छ।
पहिलो ओभरमै आसिफ शेखलाई गुमाएको नेपालले तेस्रो ओभरमा कुशल मल्ललाई गुमाएको थियो । दुवै ओपनरलाई गुमाउँदा नेपालले १२ रनमात्र जोडेको थियो। आसिफले ५ बलमा ४ र कुशलले ८ बलमा ५ रन बनाए।
ग्लोबल क्वालिफायरको सेमिफाइनलमा स्थान बनाउन ओमानविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ। ताजा अवस्थामा नेपालले ४ ओभरको समाप्तिमा १९ रन बनाएर खेलिरहेको छ । क्रिजमा दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्ल छन्।
प्रकाशित मिति: १२:०८ बजे, शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











