Kathmandu Press

ओमानविरुद्ध ब्याटिङमा नेपाल, शरद परेनन् टिममा

काठमाडौं, फागुन ६ : टि–२० विश्वकपको ग्लोबल छनोट पहिलो खेलमा नेपालले आयोजक ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा ओमानले...
ओमानविरुद्ध ब्याटिङमा नेपाल, शरद परेनन् टिममा

काठमाडौं, फागुन ६ : टि–२० विश्वकपको ग्लोबल छनोट पहिलो खेलमा नेपालले आयोजक ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। ओमानस्थित अल अमेरात क्रिकेट मैदानमा ओमानले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपालले पहिलो ब्याटिङ गर्ने भएको हो।

ओमानविरुद्ध नेपाली टिमका प्रशिक्षक पुबुदु दासानायकेले अनुभवी ब्याट्सम्यान शदर भेषावकरणलाई टिमबाट बाहिरै राखेका छन्। यस्तै, प्रशिक्षक दासानायकेले युव खेलाडीद्वय लोकश बम र विवेक यादवलाई भने सुरुआतमै मौका दिएका छन् । 

ओमानविरुद्ध नेपालले तीन फास्ट बलर १ स्पिनरलाई मौदानमा उतारेको छ। टिममा फास्ट बलिङ गर्ने २ अलराउन्डर र एक स्पिन अलराउन्डर छन्। टिममा विवेक यादवले फिनिसरको भूमिका निर्वाह गर्ने छन्।

नेपाली टिम ः सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव र लोकेश बम। 

प्रकाशित मिति: ११:३७ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्