बालुवाटार बैठक सकियो, आजकाे प्रतिनिधि सभामा एमसिसी टेबुल नगर्ने सहमति
सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीचको बैठक सकिएको छ । बिहान १० बजेपछि सुरु भएको बैठक करिब एकघण्टामात्रै बसेर सकिएको हो।काठमाडौं, फागुन ६ : सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुबीचको बैठक सकिएको छ । बिहान १० बजेपछि सुरु भएको बैठक करिब एकघण्टामात्रै बसेर सकिएको हो।
बैठकमा आज बस्ने प्रतिनिधि सभामा एमसिसी टेबुल नगर्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले काठमाडौं प्रेसलाई जानकारी दिएका छन्।
एमसिसी आज टेबुल नगर्ने सहमति गरेर आजको बैठक स्थगित गरिएको हो। गठबन्धनको बैठक पुनः बस्ने गरी आजको बैठक सकिएको परियारले जानकारी दिएका छन्।
उनका अनुसार गठबन्धनको अर्को बैठक आइतबार (फागुन ८ गते) बस्ने सहमति भएको छ।
प्रकाशित मिति: ११:१८ बजे, शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











