Kathmandu Press

गठबन्धन बैठकअघि खुमलटारमा पचण्डसँग माधव र उपेन्द्रको छलफल

एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहितको टोली शुक्रबार बिहान प्रचण्डसँग छलफल गर्न खुमलटार पुगेका हुन्।
गठबन्धन बैठकअघि खुमलटारमा पचण्डसँग माधव र उपेन्द्रको छलफल

काठमाडौं, फागुन ६ : सत्तारुढ गठबन्धन दलको बैठकअघि प्रचण्डनिवास खुमलटारमा नेताहरुले छलफल गरेका छन्। एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहितको टोली शुक्रबार बिहान प्रचण्डसँग छलफल गर्न खुमलटार पुगेका हुन्।

छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। गठबन्धन दलको बैठकअघि एमसिसीबारे साझा धारणा बनाउन नेताहरु खुमलटारमा जुटेका हुन्।

खुमलटारमा शुक्रबार जुटेका नेताहरु सबै एमसिसीलाई संसोधन नगरी पास गर्न नहुने पक्षमा छन्। गठबन्धनको बैठकमा पनि यी नेताहरुले संसोधन नगरी एमसिसी संसदमा टेबुल गर्न नहुने बताउँदै आएका छन्। 

बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेपछि गठबन्धनका अन्य दलहरु सशंकित भएका हुन्। देउवाले आफ्नै रणनीति बनाउन थालेपछि प्रचण्ड लगायतका नेताहरु पनि आ–आफ्नै रणनीति बनाउने अभियानमा लागेका हुन्। 

खुमलटारको बैठक सकेर गठबन्धनको बैठकका लागि नेताहरु निस्किएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। गठबन्धन बैठक पछि आजै प्रतिनिधि सभा बैठक पनि बस्दै छ। 

प्रकाशित मिति: १०:२६ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्