Kathmandu Press

ढुङ्गेअड्डामा फेला परेको शङ्कास्पद वस्तु सेनाद्वारा निस्क्रिय

काठमाडौं, फागुन ६ : काठमाडौंको ढुंगेअड्डामा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ। शुक्रबार बिहान ढुंगेअड्डाको कालीका पेट्रोल पम्पनजिक प्रेसर कुकरबम जस्तो...
ढुङ्गेअड्डामा फेला परेको शङ्कास्पद वस्तु सेनाद्वारा निस्क्रिय

काठमाडौं, फागुन ६ : काठमाडौंको ढुंगेअड्डामा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ। शुक्रबार बिहान ढुंगेअड्डाको कालीका पेट्रोल पम्पनजिक प्रेसर कुकरबम जस्तो देखिने शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो। 

बिहानै शंकास्पद वस्तु देखिएपछि प्रहरीले सो क्षेत्रमा यातायात सेवालाई पनि बन्द गरिएको थियो। सेनाको टोली पुगेर चेकजाँच गर्दा उक्त बस्तु नक्कली बम रहेको फेला परेको  महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् । ‘तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए । त्यो वस्तु सर्वसाधरणलाई आतंकित बनाउन राखिएका नक्कली बम रहेछ,’ एसपी मैनालीले भने ।

शंकास्पद वस्तु देखिएपछि स्थानीय र सर्वसाधरण आतंकित भएका थिए। बम नरहेको पुष्टि भएपछि सवारी साधन पनि सञ्चालन भएका छन्। 
 

प्रकाशित मिति: ०९:५१ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्