Kathmandu Press

काठमाडौंको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु भेटियो

काठमाडौं, फागुन ६ : काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ । कालिका पेट्रोल पम्प नजिक आज बिहान दुई वटा जेब्रा झोलामा शङ्कास्पद वस्तु...
काठमाडौंको ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु भेटियो
फाइल तस्बिर

काठमाडौं, फागुन ६ : काठमाडौंको ढुंगेअड्डामा शंकास्पद वस्तु फेला परेको छ । 

कालिका पेट्रोल पम्प नजिक आज बिहान दुई वटा जेब्रा झोलामा शङ्कास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । 

बिहान स्थानीय बासिन्दाले शङ्कास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको बम डिस्पोजल टोली खटिएका छन् । 

शङ्कास्पद देखिएको वस्तु के हो र कसले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको छ । शङ्कास्पद बस्तु भेटिएपछि यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको छैन । 

प्रकाशित मिति: ०८:११ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्