Kathmandu Press

एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै 

यसअघि विहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।
एमसीसीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै 

काठमाडौं, फागुन ६ : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गर्ने सन्दर्भमा निर्णय लिन सत्ता गठबन्धनको आज पनि बस्दै छ ।

विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच छलफल हुने बताईएको छ । यसअघि विहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।

आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने नगर्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् । प्रतिनिधि सभाको आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा एमसीसी राखिएको छैन् ।

बिहीबारको गठबन्धनमा बैठकमा उनीहरुले एमसीसीबारे सहमति हुन सकेन । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए ।

वर्तमान राजनीतिक अवस्था र अमेरीकी अनुदान सहयोग एमसिसीका बारेमा छलफल भएपनि निर्णय भने खुलाईएको छैन् । 
 

प्रकाशित मिति: ०७:१६ बजे, शुक्रबार, फागुन ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्