प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा आज पनि परेन एमसीसी
काठमाडौं, फागुन ६ : आज बस्ने प्रतिनिधिसभा बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा पनि एमसीसी परेको छैन । सचिवालयले बिहीबार साँझ सार्वजनिक गरेको...
काठमाडौं, फागुन ६ : आज बस्ने प्रतिनिधिसभा बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूचीमा पनि एमसीसी परेको छैन ।
सचिवालयले बिहीबार साँझ सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गर्ने एउटा मात्रै कार्यसूची छ । यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
शुक्रबार दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकको एजेण्डा तय गर्न सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सभामुखको सचिवालयका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक शुक्रबार बिहान साढे ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
प्रकाशित मिति: ०७:०५ बजे, शुक्रबार, फागुन ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











