Kathmandu Press

ब्राजिलमा बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुग्यो

पेट्रोपोलिस, फागुन ५ : ब्राजिलको पेट्रोपोलिस सहरमा आएको मुसलधारे वर्षा र बाढीका कारण बिहीबार साँझसम्म मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ।विपद्बाट हुने जनधनको...
ब्राजिलमा बाढी, पहिरोमा परी मृत्यु हुनेको संख्या १०४ पुग्यो

पेट्रोपोलिस, फागुन ५ : ब्राजिलको पेट्रोपोलिस सहरमा आएको मुसलधारे वर्षा र बाढीका कारण बिहीबार साँझसम्म मृत्यु हुनेको सङ्ख्या १०४ पुगेको छ।

विपद्बाट हुने जनधनको सङ्ख्या बढ्दै गएको उद्धारमा खटिएका अधिकारीहरूले बताएका हुन्।

Hardik ivf

अहिलेसम्म १०४ जनाको मृत्यु भएको पुष्टि भएको छ। अग्नि नियन्त्रक तथा उद्धारकर्मीहरूले २४ व्यक्तिलाई सकुशल उद्धार गरेका स्थानीय नगर प्रमुखको कार्यालयले बताएको छ।  

रियो दे जेनेरियोको उत्तरमा रहेको डाँडामा पर्ने मनोरम सहरको नगरप्रमुखको कार्यालयले दिएको जानकारी अनुसार मङ्गलबार आएको भीषण बर्षाका कारण सहरमा तीन घण्टामा २५८ मिलिमिटर पानी परेको थियो। यो अघिल्लो महिनाको सबै वर्षा बराबर हो।

बाढी तथा डुबानका कारण प्रभाबित सयौँ व्यक्तिलाई प्रायःजसो विद्यालयहरूमा आश्रय दिइएको कार्यालयले जनाएको छ। प्रशान्त महासागरको चक्रीय शीतलन ‘ला नीना’ र जलवायु परिवर्तनको प्रभावले वर्षाऋतुमा पानीको वर्षा बढाइरहेको विशेषज्ञहरूले बताएका छन्। उनीहरूले पेट्रोपोलिसको यो भयावह पनि यसै कारण भएको बताए।

प्रकाशित मिति: २०:४८ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्