संसदबाटै एमसीसी टुंगो लगाउने बिषयमा छलफल भइरहेको छ : प्रवक्ता कार्की
काठमाडौं, फागुन ५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाटै टुंगो लगाउने बिषयमा छलफल भइरहेको बताएका छन्। प्रधानमन्त्री निवास...
काठमाडौं, फागुन ५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाटै टुंगो लगाउने बिषयमा छलफल भइरहेको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारका प्रवक्ता समेत रहेका कार्कीले एमसीसीबारे फागुन १६ भित्र नै निष्कर्षमा पुग्नेगरी गठबन्धनमा छलफल भइरहेको दाबी गरेका हुन् ।
बालुवाटारमा एमसीसीका विषयमा सबै दलले आफ्नो कुरा राखेको पनि कार्कीले जानकारी दिए।
प्रकाशित मिति: २०:२२ बजे, बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











