Kathmandu Press

राष्ट्रिय प्रजातन्त्र दिवस : तीन दिन दीपावली गर्ने प्रदेश सरकारको निर्णय

कर्णाली, फागुन ५ : कर्णाली प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा तीन दिन सार्वजनिक तथा सरकारी निकाय र घर–घरमा दीपावली गर्ने भएको छ।...
राष्ट्रिय प्रजातन्त्र दिवस : तीन दिन दीपावली गर्ने प्रदेश सरकारको निर्णय

कर्णाली, फागुन ५ : कर्णाली प्रदेश सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा तीन दिन सार्वजनिक तथा सरकारी निकाय र घर–घरमा दीपावली गर्ने भएको छ। मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा आज बसेको बैठकले प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन फागुन ६, ७ र ८ गते साँझ प्रदेशस्थित सबै कार्यालय, शैक्षिक प्रतिष्ठान र घर–घरमा दीपावली गर्ने निर्णय गरेको हो।

प्रजातन्त्र दिवस प्रदेशस्तरीय समारोह समितिले दीपावलीका साथै प्रदेशका सबै सरकारी, सार्वजनिक, शैक्षिक प्रतिष्ठानमा राष्ट्रिय झण्डा फहराउने, सम्भाव्य सार्वजनिकस्थलमा राष्ट्रिय झण्डा राखी सौन्दर्य अभिवृद्धि गर्ने, दिवस केन्द्रित विभिन्न सांस्कृतिक, साहित्यिक रचनात्मक प्रतियोगिता आयोजना गर्ने तयारी गरेको छ।

त्यस्तै स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गरी फागुन ७ गते वीरेन्द्रनगर–४ स्थित सहिद उद्यान परिसरको सरसफाइ गर्ने निर्णय गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। बैठकमा प्रदेशसभाका सभामुख राजबहादुर शाही, प्रदेश सरकारका मन्त्री र सचिवहरुको सहभागिता थियो।

प्रकाशित मिति: २०:११ बजे, बिहीबार, फागुन ५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्